नयाँ पाठ्यक्रम विवाद : गणितको मर्म बुझाउँदै गणितज्ञ



काठमाडौं : उनीहरू नयाँ पाठ्यक्रम लागू होस् भन्ने पनि चाहन्छन् र अनिवार्यमा थपिएको ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’को विरोध नगरी आफ्ना विषयबारे चिन्ता गर्दै भन्छन्, ‘उच्चशिक्षामा विज्ञान, प्रविधि र इन्जिनियरिङजस्ता विषयमा गम्भीर असर पर्ने सवालबारे हामीले बुझाइरहनुपर्ने स्थिति विडम्बनापूर्ण हो । सामाजिक अध्ययन र जीवनोपयोगी त हरेक विषयमा स्वतः जोडिएर आउने विषय हो ।’

सरकारले ल्याएको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ मा गणित विषय अनिवार्यमा नपारिएपछि सर्वोच्च अदालतमा परेको रिट निवेदन विचाराधीन रहेको अवस्थामा नयाँ पाठ्यक्रम यही शैक्षिक सत्रबाट लागू हुने हो–होइन भन्ने अन्योलबीच नेपाल गणित समाज आन्दोलित छ । 

निजी क्षेत्रबाट ११ र १२ को कक्षा चलाइरहेका विद्यालय सञ्चालकहरू तयारीविना नयाँ पाठ्यक्रम लागू नहोस् भन्ने अडानमा छन् । गत साता अदालतले नयाँ पाठ्यक्रम प्रारूप हाल कार्यान्वन नगर्न भनी दिएको आदेश अर्को सुनुवाइ र आदेश नहुन्जेलसम्मका लागि कायम रहेको छ । 

सरकारको निर्देशनका आधारमा अधिकांश विद्यालय नयाँ पाठ्यक्रम कार्यान्वयन सुरु गरिसकेको र प्रकाशकहरूले नयाँ पाठ्यपुस्तक मुद्रण गरिसकेको अवस्थामा यस वर्ष पुरानै पाठ्यक्रम लागू भएमा यसबीचमा भएको सरकारको पहल, तयारी र लगानी पनि खेर जाने स्थिति छ ।

शिक्षाविद् र समाजशास्त्रीहरू ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’को अनिवार्यमा समावेश हुनुलाई भने सकारात्मक ठान्छन् । नयाँ पाठ्यक्रमअनुसार जीवविज्ञान, रसायनशास्त्र र भौतिक विज्ञान पढ्ने विद्यार्थीले गणित विषयलाई मूल विषय बनाउन नपाउने र व्यवस्थापन पढ्ने विद्यार्थीले चाहँदाचाहँदै पनि गणित र व्यावसायिक गणित दुवै पढ्न पाउने अवसर गुमाउने गणितप्रेमीको भनाइ छ ।

गणित विषयले विद्यार्थीमा हरेक विषयका बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढंगले अध्ययन–विश्लेषण र मूल्यांकन गर्ने क्षमताको एवं विद्यार्थीलाई खोजअनुसन्धान गर्ने सामर्थ्यको विकास गराउने विज्ञहरूको तर्क छ । 

नेपालको संविधान, संघीय संरचना, एक्काइसौँ शताब्दीनुकूल शिक्षा र समृद्धिको लक्ष्यलाई ध्यानमा राखेर राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषदको सिफारिसमा मन्त्रिपरिषदबाट गत २०७६ भदौ २० मा स्वीकृत नयाँ पाठ्यक्रम प्रारूपबारे विवाद उत्पन्न भएपछि गत वर्ष पाठ्यक्रम विकास केन्द्रले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका प्राडा सुवर्ण शाक्यको संयोजकत्वमा गठित कार्यदलको सुझाब र विकल्पलाई कार्यान्वयन नगरिएको गणित, विज्ञान र इन्जिनियरिङ विषयका ज्ञाताको भनाइ छ ।

गणित समाजका अध्यक्ष प्राडा चेतराज भट्टले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च तहमा पटकपटक छलफल भए पनि आफूहरूको सुझाब कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिएको जनाउँदै वार्ता र सहमतिका लागि आफूहरू तयार रहेको बताएका थिए । 

नयाँ पाठ्यक्रममा नयाँ विषयका रूपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’लाई अनिवार्य विषयमा समावेश गरिएको छ । यसअघिको पाठ्यक्रम प्रारूपमा विज्ञान विधाका विद्यार्थीले कक्षा ११ मा अङ्ग्रेजी अनिवार्य र चार ऐच्छिक विषयहरू गरी जम्मा पाँच विषय र १२ कक्षामा अङ्ग्रेजी र नेपाली विषयलाई अनिवार्य गरिएको थियो । नयाँ पाठ्यक्रमको प्रारूपअनुसार  कक्षा ११ र १२ मा अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाजस्ता तीन विषयलाई अनिवार्य र तीनवटा ऐच्छिक विषय गरेर जम्मा ६ वटा विषय पढ्नुपर्ने व्यवस्था गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका गणित केन्द्रीय विभागका प्रमुख डा टंकनाथ धमलाले विज्ञान, प्रविधि र इन्जिनियरिङका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने खाँचो रहेका वेला कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्य विषयबाट हटाइनु दुःखद भएको बताएका थिए । उनले उक्त तहमा गणित नपढेका विद्यार्थीलाई विश्वविद्यालयले भर्ना लिन नसक्ने स्पष्ट गरे । 

काठमाडौं विश्वविद्यालयका स्कुल अफ साइन्सका डिन कनैया झाले नयाँ पाठ्यक्रम तय गर्दा पूर्वाग्रहको राजनीति भएको टिप्पणी गर्दै सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्को कार्यक्षेत्र भए पनि सरकारले उच्चशिक्षालाई नकारात्मक असर पार्ने गरी नयाँ पाठ्यक्रम ल्याएको जिकिर गरे । 

समाजका सहसचिव डा. जीवन काफ्लेले आफूहरू नयाँ पाठ्यक्रमको विरोधी नभएको, तर आगामी दिनमा गणितविनाको विज्ञान विषयको पढाइ कस्तो होला ? भन्ने प्रश्नको जवाफ खोजिरहेको  बताए । 

उनले सामाजिक अध्ययन तथा जीवनोपयोगी विषयका साथै गणित विषय पनि विकल्पमा अनिवार्यमा पढ्न पाउने प्रावधान राखेमा नयाँ पाठ्यक्रम यसै सत्रदेखि लागू हुने स्थिति आउने जनाए । निजी विद्यालय तथा उच्चशिक्षालय संघ (हिसान)लगायतले पनि नयाँ पाठ्यक्रम कार्यान्वयनपूर्व गृहकार्य गर्न माग गर्दै आएको छ ।

त्रिविमा इन्जिनियरिङ पढ्न कक्षा ११ र १२ मा २०० पूर्णांकबराबरको गणित विषय पढ्नु अनिवार्य छ । पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा बायोलोजी समूहका विद्यार्थीले कक्षा ११ मा १०० पूर्णांकको भए पनि गणित पढेर इन्जिनियरिङमा प्रवेश पाउँदै आएका छन् ।

 त्यस्तै वनविज्ञान, कृषिविज्ञान, विम्याथएससीजस्ता विषय पढ्न पनि कक्षा ११ वा १२ मा १०० पूर्णांकको गणित र जीव तथा वनस्पति विज्ञान विषय पढेको हुनुपर्ने व्यवस्था छ । (रासस)

प्रकाशित : कात्तिक ३०, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : भारतले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । भारतको विदेश मन्त्रालयले

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको शपथ कार्यक्रममा सुरक्षा

काठमाडौं । भारतले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा

काठमाडौैं : पछिल्लो २४ घण्टामा ३४८ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको

काठमाडौं : भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोना भाइरस विरुद्धको खोप करिब एक करोड डोज निःशुल्क

नेपालगञ्ज : बाँकेमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन

काठमाडौं : नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको भारतीय कोरोनाविरुद्धको खोप उपलब्ध भएको दुई

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड(१९ खोपको जोहो गर्नका लागि लाइन

काठमाडौं : पछिल्लो २४ घण्टामा ३२२ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

खलङ्गा : नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ हुने जनाएको

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा