बालिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ



काठमाडौं : चन्द्रागिरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका–२, बसुण्डोलकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २३ वर्षीय सुरेश लोहारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सोमबार साँझ पीडित बालिकाको परिवारले उजुरी दिएपछि युवक पक्राउ परेका हुन् । पीडितको सोमबारै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण गराइएको उनले बताए ।

बालिकालाई भेट्न कोठामा बोलाएर लगी करणी गरेको पीडित परिवारको जाहेरीमा उल्लेख छ । पक्राउ परेका लोहारलाई मुलुकी अपराध संहितामा भएको करणी सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : मंसिर २, २०७७

प्रतिक्रिया दिनुहोस्