ओली समूह सहभागी नभएपनि सचिवालय बैठक नरोकिन प्रचण्ड–नेपाल समूहद्वारा स्पष्ट



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले भोलि बुधबारको लागि बोलाएको सचिवालय बैठक नरोकिने बनाएको छ ।

मंलगबार संञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधामन्त्री ओलीसहित उनी पक्षका नेताहरु सहभागी नभएपनि बैठक नरोकिन स्पष्ट पारेका हुन् ।

‘अब कुनै पनि अवस्थामा बैठक रोकिन्न’, उनले भने ।

ओली पक्ष सहभागी नभए पनि बैठक नरोकिने अर्का सचिवालयल सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले तय गरेको बाटोमा बैठक अघि बढ्ने र नरोकिन्ने बताएका छन् ।

प्रचण्डले शुक्रबार पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठक बस्न नसक्ने चेतावनी ओली समूहले दिइरहेको छ । भोलिका लागि तोकिएको बैठक रोक्न ओली समूहका नेताहरु सक्रिय छन् ।

मंगलबार बिहान नेकपा महासचिव विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका थिए । स्रोतका अनुसार पौडेलले प्रचण्डलाई भेटेर बैठक स्थगितका लागि सहमति दिन प्रस्ताव गरेका थिए ।

पौडेलले खुमलटार पुगेर बैठक नरोकिए पार्टी एकता धरापमा पर्ने सन्देश प्रचण्डलाई सुनाएको पनि स्रोतले जनाएको छ ।

यो पनि

ओलीको सन्देश बोकेर महासचिव पौडेल प्रचण्ड निवासमा

प्रतिक्रिया दिनुहोस्