प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता



काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच आज (बुधबार) जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा प्रधान सेनापति थापा र राजदूत क्वात्राबीच दुई पक्षीय आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।

प्रकाशित :३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्