माइतीघरमा घन्कियो ‘गो ब्याक चाइना’ को नारा



काठमाडौं : चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले आज (शनिबार) बिहान प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्लेकार्डमा ‘गो ब्याक चाइना’, ’नेपाली भूमि मिच्न पाइँदैन’, चिनियाँ विस्तारवाद मूर्दावाद लेखेर प्रदर्शन गरेका थिए ।

स्वतन्त्र नागरिक समूहको नाममा प्लेकार्ड बोकेका उनीहरुले नेपालको भू-भाग हड्पेको आरोप लगाउँदै फिर्ता गर्न माग गरेका छन् । उनीहरूले नेपालको उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताएका छन् ।

प्रकाशित : ६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्