‘मलाई जस्तो धोका अरुलाई नदिनु’



सम्बन्ध टुट्न कसैको ठूलो गल्ती हुनै नपर्ने रहेछ । त्यो तिमीबाट मैले सिकेको कुरा हो । यसो भन्दै गर्दा, मैले गलत गरेको छैन, तिमीले मात्र गलत गरेको छौं भन्न खोजेको पनि होइन् । मेरा पनि धेरै गल्ती, कमी कमजोरीहरू थियो होलान् । हामीलाई सबै थाहै छ, आफ्नो गल्ती आफूले देख्ने होइन, अरुले नै औल्याउने हुन् । तिमीलाई धेरै माया, विश्वास, केयर गर्नु मेरो जीवनको सबैभन्दा ठूलो गल्ति रहेछ । त्यो कुरा आज आएर मैले महसुस गरिरहेकी छु । जानि नजानि तिम्रो मन दुखाए होला । कतिपय अवस्थामा तिमीलाई दुःख पर्दा साथ दिन सकिन होला । तर, तिम्रो जस्तो झुठो प्रेम भने मैले गरेकी थिइन् । मैले आज तिमीलाई भन्नैपर्छ, सायद तिमीले मेरो प्रेमलाई बुझिनौँ वा बुझ्ने कोशिस नै गरेनौँ ।

आज म सुनाउँछु, मेरो कथा । शुरुमा प्रपोज गर्ने पनि त तिमी नै थियौ होइन् र ? हिजोका दिनमा तिमीले के देखेर मलाई आफ्नो बनायौ अनि आज तिमिलाई के भयो र पन्छायौं र अन्तै रमाउन थाल्यौँ । मैले हाम्रो मायालाई तिमिले यति छिटो भुल्छौ, किनारा लगाउँछौं अथवा दुई मुटु एक धडकन भएर फेरी हामी अरिचित हुन्छौं भन्ने कल्पना समेत पनि गरेको थिइन । तर, आज त्यस्तै भयो । कसम, अब यो विषयमा थप जान्ने कोशिस जीवनमा कहिल्यै गर्ने छुइन् । बस्, म यति सम्झन्छु कि तिमी आफ्नो स्वार्थका लागि मेरो जीवनमा प्रवेश गर्यौ र आफ्नो खुसीका लागि मलाई जीवनभरका लागि केवल पीडा र चोट दिएर गयौँ । सायद तिम्रो जस्तो मन भइदिएको भए, आज म एक्लो हुनु पर्दैनथ्यो होला ।

अहिले म हर क्षण सोच्छु, संसारमा तिमीलाई प्रेम गर्नु नै मेरो ठूलो भुल थियो । तिम्रो प्रेम प्रस्तावलाई केहि नसोची स्वीकार गर्नु नै मेरो मूर्खता थियो । तिमीलाई विगतका त्यो समय याद छ या छैनन् ? प्रेम प्रस्ताव गर्दा तिमीले भनेका थियौं–‘मलाई गाउँकी केटी धेरै मन पर्छ, सोझी, मनको सफा, हरेक परिस्थिति बुझ्ने, बोली व्यवहार सब राम्रो हुन्छ ।’ दिनमै कयौं पटक फोनमा बोलेको, कति रात फोनमा बोलेर छर्लग उज्यालो पारेको । हजारौं पटक म्यासेज गरेको, सामाजिक सञ्जाल फेसबुक, भाइबर, इन्स्टागाम, इमोमा घण्टौ आत्मिय कुरा गरेको । त्यस्ता मायाका शब्द बोल्ने तिमीले आज ब्लक गर्यौ ।

तिमी यतिसम्म घटिया, निच, पापी अनि धोकेवाज छौँ जस्तो मलाई लागेको थिएन । तिमिलाई यतिसम्म विश्वास गरेकी थिए कि त्यति विश्वास अहिलेसम्म न कसैलाई गरेको छु, न अब कसैलाई गर्ने नै छु । जब म तिम्रो दुलही बन्दै थिए, त्यतिबेला तिमीले मसँग मायाको नाटक गर्छौ होला भन्ने कति पनि सोचेको थिएन । म सोच्थे, तिमिले मसँग गरेका हरेक कुराहरु सत्य हो भन्ने, तर तिमीले मायाको नाटक गरेको रहेछौँ । त्यो नाटक कति दिनसम्म चल्थ्यो र । आखिर तिमीभित्र जे थियो त्यहि आज देखायौँ । भनिन्छ मान्छे हेर्दा जस्तो देखिन्छ व्यवहार त्यस्तो हुँदैन भनेर त्यो कुरा तिमीले नै प्रमाणित गर्यौ ।

किनकि तिमी जति सोझो र इमान्दार देखिन्छौ त्यति नै घटिया, निच, पापी अनि धोकेवाज रहेछौं । हामी ३ वर्षको प्रेमसम्बन्धलाई सामाजिक तबरले मान्यजनको आशीवार्द लिँदै विवाहमा परिणत गरेका थियौं । ३ वर्षको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गर्न पाउँदा म त्यतिबेला आफैले आफैलाई भग्यमानि ठानेकी थिए । मैले तिम्रो हातको सिन्दुर मेरो सिउँदोमा सजाउन पाउदा युद्ध जिते जस्तो अनुभव गरेको थिए । त्यो दिनमा म यति खुशी थिए कि अहिले सम्झन पनि सक्दिँन ।

त्यो रमाइलो क्षण सम्झदा कहालि लाग्छ, भित्रभित्रै आगो बल्छ । हरेकले आफ्नो विवाह भएको दिनलाई सम्झन्छन् । अझ आजभोलि त सामाजिक सञ्जालमामा लेख्छन्, ‘ह्याप्पी एनिभर्सरी माई बुढो र बुढी ।’ यसरी अरुले खुशी हुँदै विवाह भएको दिनलाई सम्झिरहँदा म भने हाम्रो विवाह भएको पवित्र दिनलाई कालो दिन मनाउन बाध्य छु ।

म कान्छि छोरी तिमीसँग बिहे गरेदेखि जेठी बुहारी भएको थिए । त्यसैले पनि घर प्रतिको मेरो जिम्मेवारी उच्च थियो । जस्तो सुकै परिस्थिति आएपनि हिम्मत नहारी सामना गर्ने अठोटका साथ जिम्मेवारी निभाउदै थिए । गाँउमै हुर्के पनि माईतमा सिन्को पनि नभाचेकी म बिहे भएदेखि हरेक काम सिक्दै थिए । तिमीले भन्यौं, तिमी घरकी जेठी बुहारी हौं, तिमीमा जिम्मेवारी थपिएको छ । बुढा भएका बुबा आमा अनि भाईबहिनिलाई हेरेर गाँउमै बस ।

उच्च शिक्षाका लागि शहरमा बसेर जागिर गरिरहेकी म तिम्रा मिठा लवजले सब थोक छोडे । तिम्रै कुरा मानेर बुबा आमाको एउटा मात्र अनि जेठी बुहारी र भाईबहिनीको एउटा मात्र भाउजु अनि तिम्री श्रीमती बनेर मैले कर्तव्य निर्वाह गरे । जब भर्खर बिहे गरेको दुलाहि छोडेर बुढो विदेश जान्छ समाजमा कस्ता परिस्थितिसँग लड्नुपर्छ मैले बुझे । तिमी एकपटक सम्झ त ती दिनहरु मलाई त्यो समय बिताउन कति गाह्रो अनि कति अप्ठ्यारो भयो होला । कोहिसँग एक छिन बोल्यो की गाउँकाले भन्थे ‘उ अब यो पोइला जान्छे ।’

मेरो समाज पुरुषसँग काम परेरै बोल्दा पनि त्यहिसँग सल्कि, बुढा घरमा नभएकोले यसलाई मोज छ । कुन दिन बुढोले पठाको पैसा सबै बोकेर पोइला जान्छे । घरबाट बाहिर पाइला टेक्ने वित्तिकै हजारौं प्रश्न उठ्थ्यो । समाजमा बुहारीलाई प्रश्न त उठाइन्छ तर जवाफ दिन नहुने । जवाफ दिए छुच्चि, अलछिनी भइहालिने । तिमी आफैँ सोच त अहिलेको समयमा आफ्नो पढाई, जागरी सबै छोडेर गाँउमा को बस्छ ? श्रीमतीलाई गाउँमा दुःख हुन्छ भनेर घरमा आमा बाबा अनि अन्य आफन्तजनको अगाडि अनेक बहना बनाएर सहरमा डेरामा राखेर बिदेश जाने श्रीमान पनि त धेरै छन् । मेरा पनि त इच्छा चाहान थिए । धेरै पढौं, जागीर खाऔं, सहरमा बसौं ।

विहेको केहि महिनामा थुप्रै सपना बोकेर सुन्दर भविष्यको कल्पना गरेर तिमी विदेश गएका थियौ । विदेशीनु रहभन्दा बाध्यता थियो, म बुझ्छु । आफ्नो घर परिवार अनि मलाई छोडेर तिमीलाई विदेश पठाउने रहर मेरो पनि कहाँ थियो र । आफ्नो श्रीमानसँगै बस्ने रहर कसलाई हुँदैन । तर, हाम्रो खुशीको लागि तिमी विदेश गएका हौ । मनमा धेरै कुराहरुले डेरा जमाए पनि आफ्नो मनलाई सम्हाल्नु बाहेक मसँग केही विकल्पन थिएन । अनि तिमी विमान चढ्न लाग्दै गर्दा आँखाबाट आँशुका थोपा झरेको त्यो केवल तिम्रो मायाका लागि । त्यतिखेर मेरो आँखाबाट झरेको आँशुको मूल्य कति थियो, तिमीलाई के थाहा ।

गाउँ समाजमा विभिन्न लान्छना लागे पनि सब थोक सहे त्यो केवल तिम्रो विश्वासको आधारमा । टन्टलापुर घाम, हावा, पानी केहि नभनी खेतबारीमा दश नग्रा खियाए । तिम्रो बुबाआमा भाईबहिनीको चित्त बुझाउन कहाँ सजिलो थियो र । तिमीलाई के थाहा, मैले गाउँमा बसेर बगाएको पसिनाको मूल्य । तिमिले खाना खायौँ । उठ अब तिम्रो ड्युटि जाने बेला भयो । तिम्रो औषधि खाने समय भयो । यो तरकारी यसरी पकाउ, यस्ता हरेक कुरा तिमीलाई म जस्तो अवस्थामा भए पनि भन्न विर्सिदैन थिए । तर, तिमीले एक बचन खाना खायौँ या तिमीलाई कस्तो छ भनेर सोध्यौ । तिमीसँग म बिजी छु, ड्युटिमा छु भन्दा अरु जवाफ थिएन ।

विदेश गएको दुई तीन महिना त सब ठिक थियो । यति छिटो कसरी पविर्तन भयौं । अहिले म मनमा बेदना बोकेर अरुको अगाडि खुशी भएको अनि हाँसेको नाटक गरिरहेको छु । साँच्चै अचम्मको रहेछ जीन्दगी के सोचेर अघि बढेको हुन्छ तर के भई दिन्छ । जसलाई सर्वस्व सुम्पेको हुन्छ अनि जसलाई सर्वस्व मानेको हुन्छ बिडम्बना उनैले नै सर्वस्व लुटेर जान्छ भने आखिर विश्वास कसलाई गरौ । माया पनि अचम्मको हुन्छ । मान्छेहरु भन्छन् रुप हेरेर माया गरिदैन भनेर, तर होइन रहेछ । यहाँ रुप हेरेरै माया गरिदो रहेछ । बिहे नगररुन्जेल अप्सरा थिए तर आज दश नग्रा खियाइ गाउँमा बस्दा तिमीलाई सुहाउदिलो भइन । नराम्रो भए, पाखे भए रे । सुन्दै छु, आज तिमीले राम्री केटीसँग सम्बन्ध बनाएका छौ रे ।

तिमीले मलाई यसरी बीच बाटोमा थाहै नदिई एक्लै अल्पत्र छोड्नु थियो भने आखिर किन ३ वर्षसम्म मायाको अनि बिहेको नाटक गर्यो । आगोलाई साँची राखेर किन मसँग जुनिजुनिसँगै जिउने सँगै मर्ने कसम खायौ । यदि मलाई एक्लै छोड्नु रैछ त किन बिहे गर्यौँ ? तिमी आज म बाट किन टाढा भयौ कारण मैले पनि थाहा पाउन पाए कुनै गल्ती भएको भए सुधार्ने मौका दिए सुधार्ने थिए होला । एउटा अपराधीलाई त सुध्रर्ने मौक दिईन्छ । तर, मैले न केही कारण थाहा पाए न त्यो मौका नै पाए । यति धेरै माया गरेर त्यो बाचा कसम गरेर समाएको मेरो हात किन छोड्यौ । आखिर तिमीले ‘चुइगम’ जस्तै बनायौँ मलाई । रस आउन्जेल चुसि रहौ, चपाई रह्यौ अनि रस आउन छाडेपछि बीच बाटोमा थुकिदियौ ।

कहिले कसैको जुत्तामा त कहिले कुनै गाडिको टायरमा टासिएर हिँड रहेको छु अचेल । नम्बर परिवर्तन गर्यौ अनि फेसबुकमा पनि ब्लक गर्यौ । मलाई हरेक माध्याममा ब्लक गर्न सक्ने तिमिले मेरो मुटुलाई छियाछिया पार्ने तिम्रो याद आउने बाटो किन ब्लक गरेनौं ? तिम्रो सम्झनामा बग्ने आँशुको मुल किन ब्लक गरेनौँ ? तिम्रै नाम लिने मुख अनि तिमिलाई खोजिरहने मुटुलाई किन ब्लक गरेनौँ ?

जब व्यवहारमा परिन्छ, तब बल्ल मान्छे चिनिने रहेछ । मैले पनि व्यहारमा परेर आज तिमिलाई चिन्ने मौका पाए । मान्छे भन्ने गर्थे, श्रीमान विदेश अलि राम्री भएर बस, विदेशीयका श्रीमानलाई धेरै माया र विश्वास गर्नुहुन्न, केटा मान्छेको के भर । हुन त सबै श्रीमान त्यस्ता हुँदैनन्, तर मेरो हकमा सत्य यही भयो । तिम्रो माया देखेर तिमी जस्तालाई भन्न मन लागेको छ, केटा मान्छे स्वार्थी हुन्छन् । होला कुनै पल कुनै क्षण पैसा, रुप ठूलो होला तर सधैको लागि इज्जत ठूलो हो । तिमिले मेरो मन अनि भावनासँग खेल्यो तर पैसा र रुपको लागि उसको मन दुखाएर मलाई जस्तो अरुलाई शरीर सुम्पिने काम नगर्नु है । साथ छोडे सम्बन्ध त सकिएला तर माया र यादहरू सकिनको लागि त यो दुनियाँ छाड्नै पर्ने रहेछ । अन्तमा बिगतमा जे सुकै भए पनि तिम्रो अबको बाँकि जीवन जोसँग रहेपनि हासि खुशि रहनु । मलाई जस्तो नठग्नु । बीच सडकमा छोडी नजानु ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्