ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट, विराटनगरमा हवाई फायर



उदयपुर : उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ ।

आज (आइतबार) विहान कार्यालयको हेल्प डेस्क रहेको स्थानमा बम विस्फोट भएको हो । विस्फोटको कारण कार्यालयको दुईवटा कोठामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले दिएको जानकारी अनुसार कार्यालयको गेटमा शंकास्पद वस्तु फेला परेको छ । सो वस्तु विस्फोटक पदार्थ हुनसक्ने आशंकामा प्रहरीले डिस्पोजको तयारी गरिरहेको छ ।

त्यस्तै भारतबाट तस्करले भित्र्याएकोे सामान नियन्त्रणमा लिने क्रममा विराटनगरमा प्रहरीले हवाई फायर गरेको छ ।

विराटनगर महानगरपालिका-१७ मटेरुवामा समान नियन्त्रणमा लिने क्रममा प्रहरीलाई करिब १० जनाले हातपात गर्दा प्रहरीले एक राउण्ड हवाई फाएर गरेको र एक बोरा बेल्टसहित ३३ वर्षीया रविना खातुनलाई प्रहरीले पक्राउसमेत गरेको जनाएको छ ।

प्रकाशित :७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्