सोमबार १९८० कोरोना संक्रमित थपिए, ३०४३ निको भए



काठमाडौं– पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा ३ हजार ४३ जना कोरोनाबाट निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ । यीसहित हालसम्म २ लाख २ हजार ६७ जना कोरोनाबाट निको भएका छन् ।

आइसोलेसनमा रहनेको संख्या १८ हजार ८ सय ८४ जना रहेको छ । त्यसैगरी हालसम्म क्वारेन्टाइनमा ६ सय २९ जना रहेका छन् ।

आजसम्म १६ लाख ७० हजार ४ सय ५६ जनाको पीसीआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्