सेयर बजारमा नयाँ रेकर्ड, परिसूचक १९०० अंकभन्दा माथि



काठमाडौं : नेप्से परिसूचक बढेर १९०० अंकभन्दा माथि पुगेको छ । यसअघि २०७३ सालमा परिसूचकले सबैभन्दा बढी १८८१ अंकको रेकर्ड कायम गरेको थियो ।

सेयर बजार परिसूचकले नयाँ रेकर्ड कामय गरेको हो । आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर १९०० अंकभन्दा माथि पुगेपछि नयाँ रेडर्क बनेको छ ।

कारोबार शुरु भएलगत्तै बढेर १९१५ अंक पुगेको थियो । फेरि घटेर १९०० अंक तल आइपुगेको नेप्से परिसूचक पुनः उकालो लागेको छ । १२ बजेसम्म नेप्सेमा ४४ लाख कित्ता सेयर किनबेच भएर २ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित :११ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्