मेरो परिवारको कस्तो नाक ?



केहि वर्ष पहिलेको कुरा हो, ब्याचलर सकाएर मास्र्टस जोइन गर्ने तरखरमा रहेकी आहाना आफ्नो परिवारको इच्छाविपरीत अर्कै केटासँग प्रेममा रहेको कुरा घरमा थाहा हुन्छ ।

घरपरिवार आफन्तको घिरौला जत्रो नाक एकाएक काटीने डरले सबको मनमा खतराको घण्टी बज्छ । आहानालाई सबैले केरकार गर्न थाल्छन् र गाउँ समाजमा हल्ला फैलनुभन्दा पहिला नै समाधान गर्न परिवारका सदस्यहरु आफन्त वृतमा तुरून्त केटो खोज्न शुरु हुन्छ ।

आहानाको योसम्बन्ध आफ्नै बहिनीले घरमा फैल्यएकी थिइन् । उनैलाई सबैले धम्की पारामा सोध्न थाल्छन् । ‘तँलाई अरु के थाहा छ नानी भनिहाल, ‘आजसम्म थाहा पाएर पनि किन लुकाइस् ?’बहिनीले अरु के

हि कुरा थाहा नभएको कुरा बताएसँगै बाआमा, काका काकी, मामा माइजु, हजुरबा हजुरआमा सबै आफन्त वरिपरी बसेर आहानालाई सोध्न थाले ।

‘त्यो केटा कहाँको हो ?’
‘के काम गर्छ ?’
कुन जातको ?
‘कति पढेको छ ?
कतिको धनी छ ?

कसैले नगरेका लभ यसैलाई गर्नु पर्ने ? लभ नगर्दा चै बाच्न सकिदैन ? चिन्नु न जान्नुको कहाँ न कहाँको केटासँग लभ गर्नुपर्ने, कसरी यसले जीवन काट्ने होला ? सरकारी जागिर भएपनि त ल है भन्नु, प्राइभेट जागिर रे । केही दिनको चुरीफुरी मात्रै हो, कस्ताकस्ता सरकारी जागिरे केटा थिए । बिहे गर्ने भनेको भए हामी खोजि हाल्थ्यौ नी । त्यहि पनि तल्लो जातको, आफ्नो जातको सबै केटाहरु मरेका थिएर, तल्लो जातकोसँग मन पराउनु पर्ने ?

घरकी ठूली छोरी, यसले हाम्रो कुलको इज्जत माटोमै मिलाउने भई ।’ आमाले धिक्कार मान्दै आफ्नै टाउकोमा हात लगाउछिन् ।

यत्तिकैमा आमाको कुरा सकिँदैन, ‘यस्ता छोरी जन्मनुभन्दा त बरु न जन्मेकै बेस हुन्थ्यो । किन मेरो कोख मै बास लिन परेको ? सानैमा मरेकै भए पनि त ढुक्क हुन्थ्यो ।’

अरुका सबैका छोरी आफ्नो बाआमाको इज्जत जोगाएर बसेकै छन् त ? लभ नगरी बाचेकै छन् त ? बाआमाले दिएका केटासँग बिहे गरेर घर गरी खाएकै त छन्न त ? हाम्रो नाक जोगाउली, इज्जत धान्ली, पढ्ली, केही गर्ली भनेको त कहाँ न कहाँको केटासँग लभ गरेर मरिछ’ सबैले यस्तै भन्न थाले ।सबैको कुरा चुपचाप सुनिरहेकी आ

हाना हिजोसम्म ज्ञानी, असल छोरी, घरको सबै हेरविचार गर्ने,, छोरी भएर पनि छोरा जस्तै सबै काम गर्ने साहशी, सुशील तर आज सबैको नजरमा एकाएक नराम्रो, घर, परिवार र कुलको इज्जत फाल्ने पात्र भइन् । सबैको नजरमा गिरिन् ।

सबैको तातो रिसमा अहिलै केहि बोल्न उचित ठानिन् । र उनी मूर्ति जस्तै मौन थिइन् तर पनि भित्रभित्रै भने आफ्नो रोजाइमा अडिग थिइन् ।

‘जातभातको कुरामा मलाई कुनै मतलब छैन । सानो जात र ठूलो जातको मान्छे हुँदैनन् । मैले रोजेको, खोजेको मान्छे आत्मनिर्भर, सक्षम, इमान्दार र मलाई बुझ्ने खालको हुनुपर्छ । अरु केही चाहिँदैन ।’ यो भनाइ आहानाको मनभित्रै दबिएको थियो, बाहिर सबैलाई भन्ने त कुरै थिएन । केहि नभन्दा त उनलाई कसैको हत्या गरेको अपराधी जस्तै ठहराइएको थियो ।

केटोको त कुरै छाडौं, मोबाइलमा घण्टी बज्यो कि उनीहरूका कान निकै चनाखा हुन्थे ।

मोबाइलसम्म बोक्न दिइएन, हरेक बाहाना बनाएर सिम बदलिएर कसैलाई फोन नगर्ने सर्तमा बल्ल मोबाइल बोक्ने अनुमति दिइयो ।

अब कसरी के गर्ने भन्ने कुनै निर्णय लिन सकिकन्, आहानाले । भोली नै इन्गेजमेन्ट गरिदिने कुरा गर्न थाले । कसलाई के भन्ने कसरी केटासँग कुरा गर्ने केहि सोच्नै सकिनन्, फोन गर्न पनि एक छिन कसैले छोडेनन्ल । आमाले त झन राति नै भाग्छे भनेरसँगै सुतिन् । उनको मनमा भने अनेक कुरा खेलिरहयो ।

आफ्नै मामाकी छोरीलाई सरकारी जागिर भएको केटो खोजेर धुमाधम बिहे गरि दिएको दुई वर्ष बित्न नपाउदै अर्कै केटि लिएर बसेको छ, दिदि अहिले माइतमा छन् । त्यति मात्र हैन, सरकारी जागिर भनेर बाआमाले नै खोजेको केटोसँग बिहे गरेको काकाको छोरी दिदि पनि श्रीमान्को कुटाइ र सासु ससुराको बचन खाएर बसि रहेकी छन् । आफ्नै आखाँकै अगाडि यस्तो घटना हुँदा पनि हामो बाआमाको आखाँ किन न खुलेको होला ? प्राइभेट जागिर खाएको चै मान्छे नै होइन ? उनीहरुले चै बिहे नै नगर्नु ? अरु जातका चै मान्छे होइन ? किन यस्तो सोच्छन् अभिभावकहरुले ?
आहाना आफैले आफैलाई प्रश्न गर्छिन्, ‘जिन्दगी बिताउने म हो, मेरो जिन्दगी कस्तो मान्छेसित बिताउँदा सहज हुन्छ ?, त्यो रोज्ने, खोज्ने अधिकार पनि ममा छैन ? मेरा आफन्त सरकारी जागिर खाए भन्दैमा मैले पनि खानैपर्छ भन्ने छ र ? रु, के मेरा आफन्तले सरकार जागिर खाने केटासँग बिहे गरे भनेर मैले पनि सरकारी जागिरेसँगै बिहे गर्नु पर्ने हो र ? के प्राइभेट जागिर खानेको जिन्दगी हुँदैन ? यस्तै अनेकौ प्रश्न मनमा खेलाउछिन् ।

भोली पल्ट इन्गेजमेन्टको लागि केटा आउँदै छ भनेर सबै जना तयारी गर्न थाले । त्यसको केहि समयपछि बहिनीले फोन गरी । ‘दिदी तपाई एकैछिन चोकमा आउनुस् न ।’

‘म आउदिन, मलाई बाहिर निस्कने मुड छैन’आहानाले झर्किंदै जवाफ फर्काइन् र फोन काटिन् ।
फेरि उनै बहिनीले फोन गर्दै भनिन्, ‘प्लिज दिदी एकैछिन आउनुस् न, एउटा जरुरी काम छ, बहिनीले फेरि भनिन् ।’

‘तेरो कारणले घरमा कत्रो महाभारत भएको छ, तेरो कारणले म यहाँ मर्नु न बाच्नु भएको छु हजार थोक पेटमा अटाउन सक्नेले यति एउटा कुरा मनमा अटाउन सकिनस्, मलाई दिदि पनि नभन्, मसँग बोल्दै नबोल त । यति भन्दाभन्दै बुनुले थपि, भिनाजु आउनु भएको छ । एक पटक भेटने रै । यति भन्न नपाउँदै आमाले थाहा पाइहालिन र कोसँग बोलेको भन्दै सोधपुछ गर्न थालिन् ।

हतार फोन काटिन र भनिन्, बुनुले फोन गरेकी मेरो साथिको एक्सिडेन्ट भएको छ रे त्यहाँ पर चोकमा । म गएर आइहाल्छु है । एक पटक हेरेर भए पनि आइहाल्छु अनि तपाईहरुले नै खोजि दिएको केटासँग बिहे गर्छु । यति भने पछि आमा दंग परिन् र छोरीलाई जान दिइन् ।

आहाना हतारहार चोक पुगिन् र केटालाई देख्ने बित्तिकै अंगालो हालेर रुन थालिन् । धेरैबेरको भलाकुसारीपछि तीन जनाको कुरा मिल्यो ।

आहानाको दिमाग र मनबीच द्वन्द्व चलिरह्यो । अन्ततः मनले नै जित्यो । बहिनीलाई अबेरमात्रै घरमा भन्नु भनेर दुवै जना त्यहीँबाट बिदा भए। अनि भागी बिहे गरे ।

माइती पक्ष सबै टाढिएका थिए । आहानाले भागी बिहे गरेका कारण छोरी मरि सकि भन्दै काजक्रिया पनि गरेका थिए । फेसबुकमा समेत आफन्तले ब्लक गरेका थिए । बहिनी नै उनीहरूका लागि स्रोत थिइन् । बोलेको थाहा पाए भने त बहिनीको पनि के हालत हुन्थ्यो तर उनीहरु लुकेर कहिले काहि कुरा गर्थे ।

उनीहरु दुबै जना प्राइभेट जागिर खान्थे । उनीहरुको कोखबाट एक सन्तानको जन्म भएको थियो । खुसी र सुखी जीवन बिताइरहेका थिए । श्रीमानले हरेक कुरामा साथ र सपोर्ट गर्थे । जिन्दगी बिताउन दुबै जनामा आत्मैदेखिको खुसी र सम्मान चाहिन्छ । ठूलोसानो जात र पारिवारिक दबाव होइन् । उनीहरु एउटा छुट्टै संसारमा रमाइरहेका थिए ।

यहि मंसिरमा आहानाको दाइले अर्कै जातको छोरी भगाएर घरमा ल्याएछन् । अर्कै केटासँग बिहे हुन लागेको थाहा पाएपछि दाइले भगाएका रे ।

आहाना भन्छिन्, ‘बाआमा काकाकाकी सबैले छोरा न हो । हुने कुरा भइसकेपछि कसको के लाग्थ्यो र ? एउटा छोरा हो ल्याइहाल्यो अब धूमधामसँग बिहे गर्दिए रे । मैले भागेर आफुले रोजेको केटासँग बिहे गर्दा मेरा बाआमाको घिरौंलाजत्रो नाक काटिने, दाइले पनि अर्कै जातको छोरी भित्राउँदा किन काटिएन नाक, त्यही अचम्म लागिरहन्छ ।

…अनि यसरी पोखिन् आहानाले आफ्नो असन्तुष्टि ।

बाआमा, आफन्त सबैलाई प्रश्न सोध्नु छ, छोराले भगाउँदा जोगिने छोरी भाग्दा काटिने यति कच्चा पनि नाक हुन्छ ? आखिर नाक त नाकै हो नि होइन र ?

मलाई नानाथरी भन्ने मेरै जन्मदाता बाआमा अर्कै जातको भगाएर ल्याएको छोरीलाई कसरी बुहारी बनाउन राजी भए होलान्, यसको उत्तर आजसम्म पाएकी छैन । छोराले जे गर्दा पनि हुने छोरीले मात्रै इज्जत जोगाइदिनुपर्ने कस्तो चलन ?

तेरा लागि त्यो केटा सहि छैन भन्ने मेरा दाइलाई, तपाईका लागि त्यो केटीभन्दा अरु कोही थिएन र, तपाईको लागि त्यो केटि कसरी ठिक भइन ? सोध्न मन छ।

मेरा आफन्त तपाईंको इज्जत दाइले आफैं भगाएर ल्याएकी केटी त्यो पनि अर्कै जातको केटी भित्राउँदा कहाँ पुग्यो होला इज्जत ? आफुले भनेजस्तो आफ्नै कुलघरानकी केटी खोजेर बुहारी बनाउन किन सक्नु भएन ?

यस्ता कयौं प्रश्न सोध्न मन छ मेरो परिवारलाई ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्