चन्द्र ढकाल उद्योग वाणिज्य संघको उपाध्यक्षमा विजयी



काठमाडौं : नेपाल उद्योग वाणिज्य संघको उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा ढकाल उपाध्यक्षमा विजयी भएका हुन् ।

प्यानलसहित मैदान उत्रिएका किशोर प्रधान पराजित भएका छन् ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । शेखर गोल्छापछि महासंघको नेतृत्व अब ढकालले गर्ने निश्चित भएको छ ।

मतपरिणाम अनुसार विजयी भएका ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी प्रधानले एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला–नगरमा ५३ मत पाए ।

महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कुल ६३ पदका लागि १२७ उम्मेदवार चुनावी मैदानमा थिए ।

शनिबार सार्वजनिक मतपरिणाम अनुसार एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघइ निर्वाचित भएका छन् । वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ र जिल्ला–नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्