राजपाको जन्मदिनमा किन गएनन् ठुला नेता ? 



काठमाडौं : मधेसकेन्द्रित विभिन्न साना दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (रापजा) नेपालले आज (शनिबार) तेस्रो वार्षिकोत्सव मनाएको छ । राजधानीको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेयसमा एक कार्यक्रमबीच राजपाले तेस्रो वार्षिकोत्सव मनाएको हो ।

२०७४ वैशाख ७ गते ६ वटा मधेसवादी दल मिलेर राजपा नेपाल निर्माण भएको थियो । त्यही दिनको अवसर पारेर राजपाले तेस्रो वार्षिकोत्सव मनाएको हो । तराई– मधेस छाडेर काठमाडौँमा राजपाले मनाएको वार्षिकोत्वसलाई अन्य ठुला दलका नेताले भने पत्याएनन् । 

राजपाले आफ्नो वार्षिकोत्सवमा प्रधानमन्त्रीसहितका उच्च सरकारी अधिकारी, प्रमुख दलका नेता, कर्मचारी, कुटनीतिज्ञ र पत्रकारसहित सयौँलाई बोलाएको थियो । तर कार्यक्रममा बोलाइएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली रुपन्देहीको जितगढीमा अंग्रेज फौजविरुद्ध गोरखाली फौजले निकालेको जितको विजयोत्सव मनाउन पुगे । 

वार्षिकोत्सवमा बोलाइएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यव्यस्तता भन्दै उपस्थित भएनन् । कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए । 

नेकपाले भने आफ्नो प्रतिनिधिका रुपमा परराष्ट्रमन्त्री समेत रहेका नेता प्रदीप ज्ञवालीलाई पठाएको थियो । वार्षिकोत्सवमा तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खेलराज रेग्मी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणा, नयाँशक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री बाबुराम भट्टाई, राष्ट्रिय प्रजातन्त्र  पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहोरा, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीलगायत उपस्थित थिए । 

सत्तारुढ सालका प्रमुख नेताहरु भने राजपाको वार्षिकोत्सवमा देखिएनन् । वार्षिकोत्सवमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रण गरिए पनि उपस्थित नभएका राजपा महासचिव केशव झाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्