१४ मेगावटकाे कुलेखानी तेस्राेकाे परीक्षण प्रसारण पुसबाट



काठमाडौं  : मकवानपुरमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी-तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन आगामी पुसमा हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले बनाइरहेको यो आयोजना लक्ष्यभन्दा ७ वर्ष ढिला गरेर सञ्चालनमा आउने भएको छ ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अबको दुई महिनाभित्रै कुलेखानी तेस्रोलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउँछन् ।

 

चिनियाँ ठेकेदार कम्पनीको बेवास्ताको शिकार बनेको यो आयोजनामा धेरै वर्ष सरकारी अधिकारीहरु मुकदर्शक बने । जसले गर्दा निर्माणको गति सुस्त भयो ।

 

चिनियाँ कम्पनी चे जियाङ जिल्लुनले अहिले इलेक्ट्रो मेकानिकल अन्तरगतको काम गरिरहेको छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशशक भएर आएपछि आयोजनालाई गति दिन निकै प्रयत्न गरे ।

 

तर, चिनियाँ ठेकेदारले टेर्दै नटरेरेपछि चिनियाँ दूतावासमार्फत कुटनीतिक रुपमै पहल गरेर आयोजनामा जिम्मेवार भएर काम गर्न ठेकेदारमाथि दबाव सिर्जना गरियो ।

 

पछिल्लो सयमाम ऊर्जामन्त्री वर्षमान पुन आफैंले पनि कुलेखानीको चिनियाँ ठेकेदारलाई काम छिटो गर्न दबाव दिन विभिन्न स्तरमा पहल गरेका थिए ।

 

तर, सन् २०११ मै उत्पादन थाल्नुपर्ने आयोजना निर्माणमा चिनियाँ कम्पनीको कछुवा गति हाल केही परिवर्तन भएको छ । आयोजनाका प्रमुख सुवा मिश्र मंसिरभित्र काम सकिने गरी आयोजनामा इलेक्ट्रोमेकानिलक जडानको काम भइरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्