विप्लवमाथि सरकारकाे नीति : वार्तामा आए स्वागत, नत्र एक्सन



काठमाडौं –  आजको राजधानी दैनिकले विप्लव नेकपामाथि सरकारले लिएको रणनीतिलाई मुख्य समाचार बनाएको छ। वार्तामा आए स्वागत नआए ‘एक्सन’ शीर्षकमा समाचार छ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सरकारले वार्ताका लागि आए स्वागत गर्ने, नआए एक्सनको नीति लिने सरकारले बताएको छ। 

पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सरकारलक्षित कार्यक्रम घोषणा गरेर प्रधानमन्त्रीदेखि मन्त्रीहरु सहभागी हुने कार्यक्रमलाई रोक लगाउने बताउँदै आएको छ। यसैबेला सररकारले भने हिंसाको बाटोबाट समस्याको समाधान ननिस्कने भन्दै वार्तामा आए स्वागत गर्ने नआए हिंसात्मक बाटोलाई छुट नदिने बताएको हो ।

त्यस्तै पत्रिकाले मिर्गौला बिरामीको संख्या बढ्दै शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ। समाचारमा जनाइएअनुसार बर्सेनि ३ हजारको मिर्गोला फेल हुने गरेको, ३० लाख नागरिकमा मिर्गौला फेल हुने र १४ सय जनाको मिर्गौला पत्यारोपण भएको उल्लेख छ ।

त्यस्तै पत्रिकाले आठौं राष्ट्रिय खेलकुदमा देखिएको समस्याको विषयलाई पनि ‘चट्टानजस्तो मैदानमा चोटसँग जुध्दै खेलाडी’ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । नेपालगन्जमा जारी खेलकुद प्रतियोगिता अव्यवस्थित, भद्रगोल मात्र छैन खेलाडीहरुले मैदानबाट खेल सकेर बाहिर निस्कँदा युद्ध जितेकै महशुस गर्छन् ।

चट्टानजस्तो मैदानमा प्रतिस्पर्धा भएका कारण कबड्डी, हक्की, ह्याण्डबल, फुटबल, भलिबलका खेलाडीहरु अत्याधिक घाइते भएको छन् । यी खेलहरु स्कुल तथा क्याम्पसका चौरमा खेलाइएको छ ।

त्यस्तै ललिता निवास जग्गा हिनामिना प्रकरणको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ। सो जग्गाका विषयमा ‘मन्त्रिपरिषदभन्दा मालपोत शक्तिशाली, नेताभन्दा कर्मचारीको हालीमुहाली शीर्षकमा समाचार छापिएको छ । मन्त्रिपरिषदको निर्णयलाई मालपोतले नटेरेको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले नेकपा एकताः अझै भएन सहमति शीर्षकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता टुंगो लगाउन शीर्ष नेताका बीचमा छलफल भए पनि सहमति हुन नसकेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्