ओली र दाहाललाई कार्यकर्ताकाे प्रश्न : एकता कहिले टुंगिन्छ अध्यक्षज्यू



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० एकीकरण प्रक्रिया चाँडो टुंग्याउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालमाथि दबाब परेको छ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच केन्द्रमा एकीकरण भएको एक वर्ष पुग्न लाग्दा पनि तत्लो तहमा अझै एकता भइसकेको छैन। पार्टी कार्यालयसमेत दुईवटा सञ्चालनमा छन्। शीर्षनेताहरू पटकपटक छलफलमा बसे पनि प्रक्रिया टुंगिएको छैन। 

आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन्। पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला कमिटी गठन, भ्रातृ संगठन तथा मजदुर संगठनहरूको एकता प्रक्रिया टुंग्याउन अध्यक्षद्वय ओली र दाहाल, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र ईश्वर पोखरेलबीच छलफल भए पनि वरिष्ठता र संगठनमा लामो समय काम गरेका नेता–कार्यकर्ताको व्यवस्थापनमा कुरा मिल्न सकेको छैन।

नेकपा स्थापना दिवस वैशाख ९ मा सबै प्रक्रिया टुंग्याउने भनिए पनि नेताहरूबीच सहमति भएको छैन।

प्रतिक्रिया दिनुहोस्