योग पढाउँदै त्रिभुवन विश्वविद्यालय



काठमाडाैंः त्रिभुवन विश्वविद्यालयले प्राचिन विषय मध्येको एक योगको प्राज्ञिक अध्ययन थालेको छ। त्रिविको संस्कृत केन्द्रीय विभागले नयाँ वर्ष २०७६ को सुरुवात योगको अध्ययनबाट थालेको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

देशमै पहिलो भनिएको एक वर्षे पोष्ट ग्रयजुएट पढ्न स्नातक तह उत्तीर्ण गरेका ५८ जना विद्यार्थी संस्कृत केन्द्रीय विभाग, कीर्तिपुर भर्ना भएका छन्।६\६ महिने दुई सेमेस्टर पढ्न उनीहरुले ५५ हजार रुपैयाँ विभागलाई बुझाउनेछन्।

योगको कक्षा साँझ ४ बजेदेखि तीनदेखि चार घण्टा सञ्चालन हुने छ। त्रिवि संस्कृत केन्द्रीय विभागका अध्यक्ष नारायण गौतमले योग अभ्यासमा युवा पुस्ताको रुचि देखिएको बताए।

प्रतिक्रिया दिनुहोस्