काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा



काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

पौडेलले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् ।’

उनका सचिवालयका सदस्यहरुले पनि पौडेलसहित तनहुँका कार्यवाहक जिल्ला सभापति जित ओले पनि पक्राउ परेको जानकारी दिए ।

यता काँग्रेसका उपसभापति विमलेन्द्र निधिले उक्त घटनाको भर्त्सना गरेका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै घटनाको घोर भर्त्सना गरेका हुन् ।

‘नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित तनहुँका दर्जनौ काँग्रेस नेताहरुलाई लछार पछार गरि गिरफ्तार गरेकोमा सरकारको भर्त्सना गर्दछु । स्थानीय तहले निर्माण गरेको र स्थानीय तहले नै निर्माण एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु थुन्नु संघीयता विरोधी र तानाशाही काम हो,’ निधिले फेसबुकमा लेखेका छन् ।

No description available.

प्रकाशित : मंसिर १७, २०७७

प्रतिक्रिया दिनुहोस्