ओलीले भने–प्रचण्डको प्रस्तावमाथि छलफल गर्न सकिँदैन



काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तामाथि छलफल गर्न नसकिने बताएका छन् ।

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले पत्र नै पठाएर नआउने जानकारी दिएका थिए । सो पत्रमार्फत आलीले प्रचण्डको प्रस्तावमाथि बैठकमा छलफल गर्न नसकिने बताएका हुन् ।

बैठकमा सचिव ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र बाचन गरेर सुनाएका थिए । पत्रमा अध्यक्ष ओलीले पार्टी कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावमथि बैठकमा छलफल गर्न नसकिने बताएका हुन् ।

गत कात्तिक २८ गते प्रचण्डले पार्टी सचिवालय बैठकमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए, जसलाई ओलीले लान्छनापत्र भनेका छन्, र यसबारे पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने अडान लिएका छन् । तर, १३ मंसिरको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको जवाफका रुपमा ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए ।

ओलीको अडान विपरीत नेकपा सचिवालयको शनिबार बसेको बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय ग-यो । सचिवालय बैठकमा ओलीले आफ्नो असहमति जनाएका थिए तर निर्णयमा नोट अफ डिसेन्ट भने लेखेका थिएनन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले स्थायी कमिटी बैठकको एउटै एजेण्डा ‘पार्टीको आन्तरिक समस्या’ तय भएको छ । र, थप गृहकार्य गरेर ७ दिनपछि बैठक बस्ने तय भएको छ ।

स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मका सारिएको छ भने मंसिर २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक भने पुस ५ गतेलाई सरेको छ ।

प्रकाशित : मंसिर २१, २०७७

प्रतिक्रिया दिनुहोस्