सर्वोच्चको कारण देखाउ आदेश



काठमाडौं : नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

थुनामा रहेका न्यौपानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा न्यायाधीश मीरा खड्काको एकल इजलासले प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको नाममा उक्त आदेश जारी गरेको हो ।

ठगी मुद्दाका आरोपी नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई भइरहेको छ । गत शुक्रबार न्यौपानेको तर्फबाट निर्मल न्यौपानेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दामा रिट दर्ता गराएका थिए ।

रिटमार्फत् उनले प्रहरीको थुनामा रहेका न्यौपानेलाई थुनामुक्त गर्न माग गरेका थिए । थुनामुक्त गर्न आदेश नदिए पनि अदालतले थुनामा राखेकोबारे कारण देखाऊ आदेश जारी गरेको छ । यसअघि आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा उक्त रिटको पेसी तोकिएको थियो ।

हेर्न नमिल्ने भएपछि आज (सोमबार) न्यायाधीश खड्काको इजलासमा पेसी तोकिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ करोड ७१ लाख रूपैयाँ ठगी आरोपमा मंसिर १० गते न्यौपादेलाई पक्राउ गरेको थियो । सीआईबीले उनीवरिुद्ध ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित :२२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्