ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ । बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल हुनेछ ।

प्रकाशित : मंसिर २३, २०७७

प्रतिक्रिया दिनुहोस्