सर्वदलीय बैठकबाट बाहिरिए काँग्रेस सभापति देउवा



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सर्वदलीय बैठकबाट बाहिरिएका छन् । बैठकको एक घण्टा नपुग्दै सभापति देउवा बैठकको बीचबाटै निस्किएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलबार बालुवाटारमा सर्वदलीय बैठक जारी छ ।

बैठकलाई सम्बोधन गरी देउवाले काम भएको भन्दै बाहिरिएका हुन् ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत बैठकमै छन् ।

प्रकाशित : मंसिर २३, २०७७

प्रतिक्रिया दिनुहोस्