ओली–प्रचण्डबीच डेढ घण्टा भेटवार्ता



काठमाडौं : सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच डेढ घण्टा भेटवार्ता भएको छ ।

पछिल्लो समयम स्थायी कमिटीमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका नेकपाका अध्यक्षद्वयबीच सम्बन्ध बिग्रिएको छ । उनीहरुबीच २५ दिनपछि गत मंसिर २१ गते एक्लाएक्लै भेट भएको थियो । त्यसपछि बुधबार भेटेका हुन् ।

ओलीलाई भेट्न प्रचण्ड बुधबार बिहान ११ बजे बालुवाटार पुगेका थिए ।

ओलीले प्रचण्डले पेश गरेको दस्तावेज प्रतिवेदन नभई आरोपपत्र मात्र भएको र यस विषयमा पार्टी कमिटीमा छलफल गर्न नसकिने बताउँदै आएका छन् । उनले प्रचण्डको प्रस्तावमा छलफल नगर्न स्थायी कमिटीलाई समेत पत्र पठाएका थिए ।

गत कात्तिक २८ गते प्रचण्डले पार्टी सचिवालय बैठकमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए, जसलाई ओलीले लान्छनापत्र भनेका छन्, र यसबारे पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने अडान लिएका छन् । तर, १३ मंसिरको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको जवाफका रुपमा ३८ पृष्ठको प्रस्ताव पेश गरेका थिए ।

प्रकाशित : मंसिर २४, २०७७

प्रतिक्रिया दिनुहोस्