६१ वर्षीयले गरे ४५ वर्षीयसँग दोस्रो बिहे, ८५ वर्षीया आमा खुसीले गदगद



काठमाडौँ : भनिन्छ मानिसको तन बुढो भए पनि मन बुढो हुँदैन । पुरुषसँग त जीवित रहुन्जेल प्रजनन शक्ति रहन्छ भनिन्छ । महिलामा भने मासिक श्राव बन्द भएसँगै प्रजनन क्षमता कम हुने चिकित्सकहरु बताउँछन् । 

यस्तै तन बुढो भए पनि मन बुढो नभएका एक ६१ वर्षीय पुरुषले ४५ वर्षीयालाई दोस्री श्रीमती बनाएर भित्र्याएका छन् । 

गुल्मीको मुसिकोट नगरपालिका-९, अर्लाङ्गकोट पुर्खेयौली घर भई पश्चिम नवलपरासीको गैँडाकोट नगरपालिका-४ झपर्दीमा बस्दै आएका  ६१ वर्षीय नारायणप्रसाद सापकोटाले ४५ वर्षीया लक्ष्मी अर्यालसँग दोश्रो बिहे गरेका हुन् । 

एक वर्षअघि पत्नी खिमकलीको ५८ वर्षको उमेरमा मृत्यु भएपछि उनले दोस्रो विवाह गरेका हुन् । उनका एक छोरी, दुई छोरा र नातिनातिना छन् । 

विवाहको रमझममा हजुरबाको जन्ती जाँदा उनका नातिनातिना नाच्दै गाउँदै रमाएका छन् । छोराले बुहारी भित्र्याउँदा आमा ८६ वर्षीया हरिकला सापकोटा खुशीले गद्गद् भएकी छन्। उनले बुहारीलाई हाँसीखुसीसाथ घरमा भित्र्याइन् । 

 

प्रतिक्रिया दिनुहोस्