सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु



सुर्खेत : सुर्खेतस्थित प्रदेश अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गुर्भाकोट नगरपालिका–७ का स्थानीय ७५ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा आज (बुधबार) विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि पुस १ गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा कोरोना परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको थियो ।

प्रकाशित : पुस ८, २०७७

प्रतिक्रिया दिनुहोस्