यस्तो छ आगामी तीन दिनको मौसम



काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

त्यस्तै राति प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

यसैगरी सोमबार प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार दिउँसो देशका पहाडी र उच्च हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । साथै राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले काठमाडौं उपत्यकासहित देशभर तापक्रम चिसो रहिरने जनाएको छ । तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुनाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्