हिमपहिरोमा परी १० जनाको मृत्यु



इरान : इरानमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका छन् ।

राजधानी तेहरानको उत्तरी हिमाली क्षेत्रमा शनिबार गएको हिमपहिरोमा परी १० जनाको मृत्यु भएको हो । हिमपहिरोमा सात जना अझै हराइरहेका छन् भने १४ जना पर्वतारोहीको उद्धार गरिएको छ ।

हिमपहिरोमा परेकाहरुको खोजी कार्य जारी छ । खोज तथा उद्धारका लागि २० वटा टोली खटाइएको छ । हिजो रात परेपछि रोकिएको उद्धार कार्य आइतबार विहानबाटै शुरु भएको छ ।

हिमपहिरोमा परी मृत्यु हुनेहरुमा राजनीतिक कार्यकर्ता, शिक्षाविद्, डाक्टर र पर्वतारोहण प्रशिक्षक रहेका छन् । राजधानी तेहरान नजिक रहेको सो हिमश्रृखला पर्वतारोही तथा स्की खेल्नेका लागि निकै लोकप्रिय रहेको छ ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्