जसपाले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै



काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

काठमाडौंको शान्तिवाटिका रत्नपार्कमा आइतबार मध्याह्न १२ बजे प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्न लागेको जसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

शान्तिवाटिकाबाट शुरु हुने जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा पुगी सभामा परिणत हुनेछ । सभालाई नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राईले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

No description available.

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै नेकपाको प्रचण्ड–नेपाल पक्ष, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतका दल, विद्यार्थी संगठन तथा युवा संगठनहरुले आन्दोलन शुरु गरेका छन् ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्