प्रचण्डले आफू निकट कर्मचारीहरुलाई प्रशिक्षण दिने



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू निकट कर्मचारीहरुलाई प्रशिक्षण दिने भएका छन् ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आइतबार दिउँसो साढे १ बजे प्रचण्डले आफू निकट कर्मचारीलाई प्रशिक्षण दिन लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षण पछिल्लो राजनीतिक घटनाक्रमको यथार्थ र आगामी दिनका रणनीतिमा केन्द्रीत हुने छ । आइतबार नै प्रचण्ड–माधवकुमार नेपालको यो खेमाले ७७ जिल्लामा भेला आयोजना गर्दैछ ।

प्रचण्डले सम्भवत सोमबार चिनियाँ कम्युनिष्ट पार्टीबाट प्रतिनिधित्व गर्दै आउने नेताहरुसँग छलफल गर्ने छन् ।

यो खेमाको यही पुस ७ र ९ गते बसेको केन्द्रीय कमिटि बैठकको निर्णय अनुसार आइतबार प्रशिक्षण र भेला आयोजना गर्न लागिएको हो ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्