काठमाडौं आइपुग्यो चिनियाँ टोली



काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको टोली काठमाडौं आइपुगेको छ ।

आइतबार मध्याह्न एअर चाइनाको उडान (Ca\ 437) बाट छङ्तु हुँदै चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री गुओ येचैसहित चार सदस्यीय प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको परिस्थिति आकलन गर्न नेपाल आएका येझाउको नेतृत्वको प्रतिनिधिमण्ड चार दिन नेपालमा रहनेछ ।

उपमन्त्री गुओ राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद् विघटन गरेपछि नेपाल आउने पहिलो विदेशी अधिकारी हुन् । उनको टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै समूहको नेतृत्व र नेपाली काँग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ ।

स्रोतका अनुसार आइतबार दिउँसो ३ बजे चिनियाँ दूतावास, बालुवाटारमा दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँगलाई संयुक्त भेटघाट गरी ब्रिफिङ्ग लिने योजना थियो । तर, त्यसमा बालुवाटारबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई जाने निश्चित भएको छ ।

बालुवाटार स्रोतले भने ‘उपाध्यक्ष वामदेव गौतम र स्वयम् उत्तरी छिमेकीले बेलैमा आफ्ना कुरा स्पष्टसँग राखेको भए नेकपा र मुलुकको राजनीति यो हालतमा नपुग्ने’ निचोड निकालेको बताइएको छ । टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्नेछ ।

आइतबार आएका नेता गुओ ८ फागुन ०७४ मा पनि नेपालमा थिए । एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले बलियो बहुमत पाएपछि ३ फागुन ०७४ मा ओली प्रधानमन्त्री भएलगत्तै उनी आएका थिए । गुओको भ्रमण भएको तीन महिनापछि ५ जेठ ०७५ मा एमाले र माओवादीबीच एकीकरण भएको थियो ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्