राम्रा कामलाई निरन्तरता दिइने : मन्त्री महतो



काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले आइतबार कार्यभार सम्हालेकी छन् । सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले कार्यभार सम्हालेकी हुन् ।

कार्यभार सम्हालेपछि उनले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिदै मन्त्रालयको नाम अनुसार नै आफूले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हक हितमा काम गर्ने बताइन् ।

विगतमा भए गरिएका राम्रा कामको निरन्तरता दिदै थप राम्रा कामहरु अगाडि बढाइने उनले बताइन् । प्रतिनिधि सभा निर्वाचन घोषणा भइसकेको अवस्थामा वर्तमान सरकारको मुख्य प्राथमिकता नै स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन गराउने भएको उनले उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्