दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



जनकपुरधाम : धनुषाको कमला नगरपालिका–१ मंगराहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थनीय समाजसेवी अशोक कुमार मण्डल एवं रामजिवन मण्डलको व्यवस्थापन तथा साना किसान कृषि संस्था लिमिटेड र सामाजिक विकास न्यायका लागि विशिष्ट समाजद्वारा मंगराहास्थित श्री जनता उच्च माविमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा व्यक्तिले उपचार गराएका छन् ।

सो स्वास्थ्य शिविरमा महिला तथा प्रसुतिसम्बन्धी रोग, दाँत, ज्वरो, उच्च रक्तचाप, मधुमेह, दमा र हाडजोर्नी लगायतका विभिन्न रोगको चेकजाँचका साथै विभिन्न ल्याब चेकजाँच र औषधि समेत निःशुल्क वितरण गरिएको बताइएको छ ।

कन्सलटेन्ट फिजिसियन डा.दिग्विजय ठाकुरको अगुवाईमा सम्पन्न सो निःशुल्क स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा.अभय मण्डल, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.भगवान सहनी, डेन्टल सर्जन डा.राजेश साह, प्रमुख शल्य चिकित्सक डा.कुन्दन मिश्रा लगायतका चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।

आयोजकमध्येका डा.दिग्विजय ठाकुरले भने,‘निःशुल्क स्वास्थ्य शिविर त कयौंवटा सञ्चालन भएका छन्, त्यसमा चेकजाँच मात्र गरिएको थियो । तर यस स्वास्थ्य शिविरमा चेकजाँचका साथै औषधि र प्याथलोजी सहितका विभिन्न चेकजाँचसहितको स्वास्थ्य शिविर गाउँमा पहिलो पटक आयोजना गरिएको छ ।’

सो स्वास्थ्य शिविरमा मंगराहा गाउँ मात्र नभई कमला नगरपालिका भरिका विभिन्न वडाका स्थानीयले समेत स्वास्थ्य चेकजाँच र उपचार गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्