सुर्खेतमा कोरोना संक्रमित महिलाको मृत्यु



सुर्खेत : कोरोना संक्रमणका कारण सुर्खेतमा थप एक महिलाको मृत्यु भएको ।

प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत वीरेन्द्रनगर नगरपालिका–६ निवासी ८२ वर्षीया महिलाको मृत्यु भएको हो ।

ज्वरो र सास फेर्न समस्या भएपछि पुस १० गते अस्पतालको आकस्मिक कक्षमा भर्ना ती महिलाको आइतबार बिहान मृत्यु भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार ती महिलाको प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको कँडेलले बताए ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्