आज ६५९ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु



काठमाडौंः पछिल्लो २४ घण्टामा ६५९ कोरोना संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ । गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ पुगेको छ । हाल ३ सय ६९ जना क्वारेन्टाइनमा छन् । ७१८ जना उपचारपछि डिस्चार्ज भएका छन् । नेपालमा निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १६७ पुरुष गरी २०८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ३८१ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जनालाई कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा मात्र ९६ हजार ४६१ जना संक्रमित भएका छन्, जसमध्ये ४६६ जनाको मृत्यु भएको छ। हालसम्म ९३ लाख १७२ जना निको भएका छन्। ललितपुरमा १५ हजार ११७ जना संक्रमित भएका छन्। जसमा १४५ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ५५१ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ८०३ संक्रमितमध्ये ९८ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५५१ जना निको भएका छन्। आज काठमाडौंमा २ हजार ८२३ ललितपुरमा ३८९ र भक्तपुरमा १५४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशितः १३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्