नाै एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)



काठमाडौंः नेपाल प्रहरीका ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

सोमबार बढुवा समितिको बैठकले २०४९ वैसाख र चैतमा सेवा शुरु गरेका एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा परेकामध्ये ७ जना आईजीपी शैलेश थापाकै ब्याची हुन् । एआईजी विश्वराज पोख्रेलको ब्याचबाट दुई जनालाई मात्रै बढुवा गरिएको छ । दिवेश लोहनी र मुकुन्दराज आचार्य मात्रै पोख्रेलका ब्याची हुन् ।

बढुवा समितिको यो निर्णयसँगै २०७४ साउन १९ गते एसएसपीमा बढुवा भएकामध्ये २ जना एसएसपीबाटै विदा हुने छन् । सौरभ राणा र दिलिपकुमार चौधरी भने एसएसपीबाटै आगामी २०७९ वैशाख १९ गते अवकाश हुने भएका हुन् ।

देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोर कुमार दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ पनि एसएसपीबाटै अवकास हुने निश्चित छ । ३३ किलो सुन प्रकरणमा मुछिएर सफाइ पाएका एसएसपी दिवेश लोहनीले भने यस पटक मौका पाएका छन् ।

उनका ब्याची मध्य एसएसपीसम्म सँगै पुगेर अघिल्लो बढुवामा लोहनी मात्रै छुटेका थिए । यता डीआईजी दाबेदारको सूचीमा रहेकी एक मात्र महिला एसएसपी पूजा सिंह भने सूचीमा परेकी छैनन् ।

यी हुन् बढुवा सिफारिस भएका नौ एसएसपी

प्रकाशितः १३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्