मलेसियाली मानव संसाधनमन्त्री गरे पशुपतिनाथको दर्शन 



काठमाडौँ – नेपाल भ्रमणमा रहनुभएका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेको छ । करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहनुभएका उनले पशुपति नाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गरेका थियो । 

 

मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराएको थियो । सो अवसरमा कोषले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्न मलेसियाका मन्त्रीसँग आग्रह गरेको थियो । 

सो क्रममा आफूले १० वर्ष अघि नौ दिन नेपाल भ्रमण गरेको स्मरण गर्दै मन्त्री कुलाशेगरानले मलेसियाका हिन्दू धर्मावलम्बीलाई नेपाल भ्रमणका लागि आह्वान गर्ने बताएका कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिए । मन्त्री कुलाशेगरान नेपाल भ्रमणका लागि आइतबार राति काठमाडौँ आउनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्