जुम्लामा अब दैनिक ९ घण्टा लोडसेडिङ (तालिकासहित)



खलङ्गा : नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ हुने जनाएको छ । विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा हुने लोडसेडिङको तालिका आइतबार सार्वजनिक गरिएको हो ।

तालिकाअनुसार दैनिक ९ घन्टासम्म विद्युत आपूर्ति बन्द हुनेछ । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गौरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि साढे १ बजेसम्म र राति साढे ८ बजेदेखि १२ बजेसम्म लोडसेडिङ हुने छ ।

यस्तै ठूलो विजयनगर, सानो विजयनगर, बोहोरागाउँ र बसपार्क क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म (९ घन्टा) लोडसेडिङ हुने छ । विद्युतको माग धेरै र आपूर्ति कम भएकाले लामो समय लोडसेडिङ गर्नु परेको नेपाल विद्यतु प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रका प्रमुख गौरव पाण्डेका अनुसार चन्दननाथ नगरपालिकाभित्र मात्र विद्युतको माग ८०० किलोवाट देखि १ मेगावाटसम्म छ । जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन। साना जलविद्युत आयोजना जुम्लाबाट बिजुली वितरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्