नेतृत्वबाट विगतमा जस्तो धोका पाउनु हुने छैन : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूलाई नेतृत्वबाट विगतमा जस्तो धोका नहुने बताएका छन् ।

बालुवाटारमा आयोजित भेटघाटलाई सम्बोधन गर्दै ओलीले राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्ने भनेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीको भनाइ उद्धृत गरेका छन् ।

उनले लेखेका छन्,‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरुपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैँ,नेतृत्वबाट विगतमा जस्तो धोका पाउनु हुने छैन ।’

प्रकाशित : १० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्