संघीयता, गणतन्त्र र समावेशीता जोखिममा : शक्ति बस्नेत



काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन् ।
सोमबार शहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको बिरोध ¥याली तथा कोण सभामा बोल्दै नेता बस्नेतले भने, ‘प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिममा परेको छ । ओलीले यी सबै राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार गर्दै गइरहेका छन् । हामीले यसको विरोधमा उत्रिनु नै बजको आवश्यकता हो ।’
नेता बस्नेतले प्रधानमन्त्री ओलीले संसद विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्ति लगायतलाई हेर्दा सामान्य लोकतान्त्रिक मूल्यमान्यतालाई पनि सम्मान नगरेको बताए ।
उनले भने, ‘ओलीको जनबिरोधी कदमका विरुद्ध शसक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको छ । बाहिर गएको राजनीतिक प्रणालीलाई मूलधारमा ल्याउनुपर्ने आजको पहिलो प्राथमिकता हो ।’
संसद पुनःस्थापना पहिलो प्राथमिकता रहेकाले अबको लडाइँ नै गणतन्त्र र धर्मनिरपेक्षता बचाउनु रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्