नाका खुलाउन भारतीय महावाणिज्यदूतलाई आग्रह



रौतहट । नेपाल सरकारले निर्णय गरेर नेपाल–भारत सिमानाका खोल्ने निर्णय गरिसकेको भए पनि भारतीय पक्षको अवरोध कायमै रहेको कारण आवागमन सहज हुन नसकेपछि गौर नगरपालिकाले नाका खुलाउन महावाणिज्यदूतलाई आग्रह गरेको छ । गौर नगरपालिकाले हिन्दी भाषामा औपचारिक पत्र पठाई नाका खुलाउन आग्रह गरेको हो ।
प्रमुख अजय गुप्ताले नेपाल सरकारको मन्त्रिपरिषद्को माघ १५ को निर्णयपछि खुलेको नेपाल–भारत बोर्डर तिन दिन संचालनमा रहे पनि भारतीय पक्षको अवरोध गरेपछि बन्द भएको हुँदा नेपाल भारत मैत्री सम्बन्ध खास गरी मधेस र बिहारमा शताब्दियौँदेखि रहेको बेटी रोटीको सम्बन्ध, सांस्कृतिक एवम् धार्मिक सम्बन्ध पनि अवरुद्ध भएकोले जनमानसमा अति कष्ठदायी जीवन बाँच्न बाध्यात्मक परिस्थिति सिर्जना भएको पत्रका उल्लेख गरेका छन् ।
दुवै देशबिच रहेको बहुआयामिक तथा स्थानीय सम्बन्ध समेतलाई विचार गर्दै मेयर गुप्ताले वीरगंजस्थित भारतीय महावाणिज्यदूतलाई पत्राचार गरेका छन् । ‘

प्रतिक्रिया दिनुहोस्