बुधबार हुने प्रर्दशनका लागि यस्तो छ प्रचण्ड–नेपाल समूहको तयारी



काठमाडौँ । संसद विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहको नेकपाले २८ गते बुधबार जनप्रदर्शन गर्ने जनाएको छ ।
राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेको सूचना जारी गर्दै प्रचण्ड समूहको नेकपाले सरकार विरुद्ध जनप्रदर्शनका लागि आह्वान गरेको हो ।
नेकपाको जारी विज्ञप्ति अनुसार पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिने र १२ बजे सुनधारामा मूल प्रदर्शन गरिने बताइएको छ ।


यसअघि २३ गते प्रधानमन्त्री केपी ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा प्रदर्शन गर्न लागेको हो ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल लगायत नेताहरु निरन्तर सडक आन्दोलनमा छन् । उनीहरुले संसदको पुनःस्थापना र प्रधानमन्त्रीको राजीनामा लगायत माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्