प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । प्रधानमन्त्री ओली बिहान ११ बजे निर्वाचन आयोग जान लागेका हुन ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद र आउँदो वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग जान लागेका हुन् ।
आयोगले यसअघि माघ १६ गते नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
सो छलफलमा नेकपाको ओली पक्षका दोस्रो तहका नेताहरु पुगेर छलफल गरेपनि प्रचण्ड–नेपाल पक्ष भने सो दिन छलफलमा भाग लिएनन् ।
तर त्यसको केहि दिनपछि प्रचण्ड(नेपाल पक्षले आयोगमा आफ्नो पक्षको आधिकारिकता दाबी गरिसकेका छन् ।
नेकपाका दुवै पक्षले आफु आधिकारिक भएको दाबी गरिरहदा निर्वाचन आयोगले कस्तो निर्णय गर्छ भन्ने सबैको चासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्