मन्दिर पुननिर्माणका लागि महानगरको ५० लाख सहयोग



काठमाडौँ : काठमाडाकोैं मैतीदेवीस्थित बेनुगोपाल मन्दिरको पुननिर्माणका लागि काठमाडौँ महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। शनिवार मन्दिर पुननिर्माणको अवस्था अवलोकनपछि मेयर बिद्यासुन्दर शाक्यले पुननिर्माण समितिका अध्यक्ष शिवराम राजवंशीलाई उक्त रकमको चेक प्रदान गरे।

चेक हस्तान्तरणपछि कार्यक्रममा बोल्दै प्रमुख शाक्यले महानगर खुल्ला ठाउँमा मन्दिर बनाउन नदिने तर पहिले भएका मठमन्दिरको संरक्षण र मर्मतका लागि सहयोग गर्ने नीतिमा रहेको बताए।

स्थानीयले मन्दिरको पुनःनिर्माणमा कामपासँग आर्थिक माग गरेपछि महानगरको तर्फबाट ५० लाख रुपैयाँ उपलब्ध गराइएको हो। निर्माणको काम पूरा गराउन करिब २३ करोड अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्