टिपर चालक सुधार्नै कठिन



बनेपा : काठमाडौं उपत्यकामा दिउँसो टिपर प्रवेशमा निषेध गरेको प्रशासनले गत शनिबारदेखि जुनसुकै बेला टिपर छिर्न दिने निर्णय गरेको छ । प्रशासनको यो निर्णयलगत्तै बागमती टिपर व्यवसायी संघका कार्यवाहक अध्यक्ष प्रेम लामाले फेसबुकमा टिपर चालकका लागि ‘मिनी’ आचारसंहिता जारी गरे ।

 

आचारसंहितामा उनले हेल्पर अनिवार्य राख्न, हाइवेमा स्पिड ३५ किलोमिटरभन्दा बढी नगर्न र सकभर ओभरटेक नगर्न उल्लेख गरेका छन् । यस्तै लेन अनुशासन पूर्ण पालना गर्न, अनावश्यक डेकोरेसन हटाउनसमेत उनले आग्रह गरेका छन् ।

 

‘साइड झ्यालहरू मिलेसम्म खुला राखेर चलाउनुहोस्, गाडीमा यात्रुलाई नचढाउनुहोस्, ट्राफिक नियम पूर्ण पालना गर्नुहोस् र एकदम अनुशासित भएर आफ्नो पेसा–व्यवसाय गर्नुहोला,’ आचारसंहितामा यत्ति धेरै अर्ती–उपदेश टिपर चालकलाई दिइएको छ । 

सवारी संख्याअनुसार ट्राफिक प्रहरी छैनन् 

काभ्रेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना हुँदा बिपी राजमार्ग पूरै सञ्चालनमा आइसकेको थिएन । एउटै राजमार्ग अरनिकोमा सवारी चाप थियो । तीव्र सहरीकरणसँगै निर्माण सामग्री (गिट्टी, बालुवा र ढुंगा) का उद्योगखुल्दै जाँदा ती सामग्री ढुवानीमा टिपरको प्रयोग हुन थाल्यो । यत्तिकैमा बीपी राजमार्ग पनि सञ्चालनमा आयो । त्यसपछि काभ्रे ट्राफिकलाई सवारीसाधन व्यवस्थापन गर्न हम्मे पर्न थालेको हो ।

 

‘काभ्रे ट्राफिकले अरनिको र बीपी राजमार्गका साथै ग्रामीण रुटमा चल्ने सबै खालका गरी करीब २ हजार यात्रुवाहक साधनलाई हेर्नुपर्छ । यसमा टिपर, ट्रकजस्ता मालबाहक सवारीसाधनको गणना गरिएको छैन ।

 

एक जना ट्राफिकका भागमा ७५ भन्दा बढी यात्रुबाहक सवारीसाधन पर्न आउँछन्,’ काभ्रे ट्राफिकका निमित्त कार्यालय प्रमुख एवं सई राजेश दाहालले भने । 

आजको नागरिक दैनिकले यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्