यी हुन् विश्वका सबैभन्दा उत्कृष्ट र सबैभन्दा खराब विमान कम्पनी



काठमाडाैंः विश्वका विमान कम्पनीमध्ये सबैभन्दा राम्रो र स्तरीय सेवा दिने कुन होला? धेरैले अनुमान लगाउन सक्छन्। यसपछिका विमान कम्पनीबारे भने धेरैको अनुमान फेल खान पनि सक्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

विश्वको उत्कृष्ट विमान कम्पनीको पहिलो नम्बरमा कतार एयरवेज छ। यसपछि अमेरिकन एयरलाइन्स, एरोमेक्सिको, एसएएस, क्यान्डिभियन एयरलाइन्स र क्वान्तास परेका छन्।

सबैभन्दा खराब विमान कम्पनीमा भने रायन एयर, कोरियन एयर, कुवेत एयरवेज, बेलायतको इजिजेट र थोमस कुक एयरलाइन्स परेका छन्। एयर हेल्प अर्गनाइजेसनले सन् २०१८ मा विश्वभर चल्ने ७२ वटा विमानहरुको अध्ययन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्