छवि र शिल्पाले स्वीकारे श्रीमान-श्रीमतीकाे सम्बन्ध



काठमाडाैंः श्रीमान–श्रीमती स्वीकारेर सँगै बसे पनि लामो समयसम्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले आफ्नो सम्बन्ध लुकाएर दर्शकलाई मुर्ख बनाइरहे। नायिका रेखा थापासँग डिभोर्स भएपछि छविले शिल्पालाई फिल्म क्षेत्रमा अगाडि बढाए। र, आफैँले दुबै नजिक भएको सूचना चुहाए। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

फिल्म क्षेत्रका अधिकांश दुबैको सम्बन्धबारे जानकार थिए। तर, सधैँ प्रेमि प्रमिकाको रुपमा मात्रै परिचय दिए। लुसुक्क आफन्तहरु बोलाएर विवाह गरे। कन्यादान दिने व्यक्तिको नाम खुल्यो। बिबाहको तस्बिर समेत बाहिरियो। ता पनि ‘विवाह बारे सोच्दैछौँ’ भनेर मुर्ख बनाउने प्रयास छवि र शिल्पाले गरिरहे।

ओझाकी पूर्वपत्नी थापाले आफ्नो डिभोर्स भइसकेको र शिल्पासँग विवाह गरिसकेको व्यक्तिसँग आफ्नो नाम नजोड्न सार्वजनिक रुपमै आग्रह गरिन्। तापनि ओझा दम्पतिले स्वीकारेनन्।

सत्य कति दिन लुक्न सक्थ्यो र ? आखिरमा ओझा आफैँले सामाजिक सञ्जालमा शिल्पासँगको तस्बिर राखेर सम्बन्ध स्वीकार्दै अंग्रेजीमा लेखे, ‘मेरो जिन्दगीको सुरुवात तिमीसँगै हुन्छ र म चाहन्छु यसको अन्त्य पनि तिमीसँगै होस्। कोही यो कुरामा केही भन्न चाहन्छ भने अब म त्यो कुरा सुन्ने पक्षमा छैन।’

प्रतिक्रिया दिनुहोस्