युनेस्कोको चेतावनीपछि तिलगंगा-गुहेश्वरी सडक सधैँको लागि बन्द



काठमाडाैंः पशुपति क्षेत्र विकास कोषले तिलगंगा – तम्रगंगा सडक सधैँका लागि बन्द गरेको छ। ०६४ सालमा तिलगंगाबाट गुह्येश्वरीसम्मको जंगलभित्र खोलिएको ६ सय ७५ मिटर लामो कच्ची सडक बन्द गरिएको हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सात वर्षअघि सवारी आवागमत नरोके पशुपति क्षेत्रलाई विश्वसम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो।

सर्वोच्च अदालतले पनि युनेस्कोको मापदण्डविपरित पशुपत क्षेत्रमा अनधिकृत ढंगले खोलिएको उक्त सडक र संरचना हटाउन आदेश दिएको थियो। कोषका सदस्यसचिव डा.प्रदीप ढकालले मंगलबारदेखि तिलगंगाबाट गुहेश्वरी निस्कने सडक बन्द गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्