उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गरिने



काठमाडाैंः सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आगामी बजेटका लागि यस्तो सुझाव पेश भएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्।

‘जिउँदो ल्याउँदा धेरै समस्या भयो। राँगाले मान्छे मारेको उदारण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ वजेटमा काठमाडौँमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौँ।’

हाल जिउँदा खसीबोका, राँगालगायता पशुपक्षी ल्यान नपाउने कुनै कानुन छैन।व्यवसायीले २/३ दिनसम्म बिनाविश्राम ढुवानी गरिरहेका छन्। त्यसलाई निरुत्साहित गर्न पनि कडाई गर्न खोजिएको हो।बाहिर बधशाला बनाई प्रशोधित मासु मात्र उपत्यका भित्र्याउन मन्त्रालयले प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस्