टुंगियो नेकपाका २३ जनवर्गीय संगठनको एकता, यस्तो छ भागबन्डा (सूचिसहित)



काठमाडौं : नेकपाले पार्टी एकीकरणको वर्ष दिनपछि जनवर्गीय संगठनको एकता टुंग्याएको छ। सचिवालयको बिहीबारको बैठकले जनवर्गीय संगठनको नाम र नेतृत्व टुंग्याएको हो।

नेकपाले मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका अवसरमा मदननगर बल्खुमा शुक्रबार विशेष कार्यक्रम राखेको छ। सोही कार्यक्रममा जनसंगठनको एकता घोषणा गर्ने तयारी छ।

नेकपामा २३ जनवर्गीय संगठन हुनेछन्। तीमध्ये १५ तत्कालीन एमाले र ८ तत्कालीन माओवादीको भागमा परेको छ। अन्नपूर्ण पाेस्टबाट


यस्तो छ जनवर्गीय संगठनको नेतृत्व । संयोजक/सहसंयोजक


मजदुर : विनोद श्रेष्ठ (एमाले)/जगत सिम्खडा (माओवादी)

महिला : अमृता थापा (माओवादी)/सीता पौडेल (एमाले)

युवा : रामप्रसाद सापकोटा (माओवादी)/रमेश पौडेल (एमाले)

विद्यार्थी : ऐन महर (एमाले)/रन्जित तामाङ (माओवादी)

जनसांस्कृतिक : खेगन्द्र राई (एमाले)/सरल सहयात्री (माओवादी)

मुस्लिम : सराज अहमद फारुखी (एमाले)/अतहर हुसेन (माओवादी)

दलित : तिलक परियार (माओवादी)/बोमबहादुर विश्वकर्मा (एमाले)

बुद्धिजीवी : डा. दिनेशचन्द्र देवकोटा (एमाले)/कृष्ण केसी (माओवादी)

पेसागत महासंघ : विश्वनाथ प्याकुरेल (एमाले)/दयाराम बस्याल ( माओवादी)

भूतपूर्वसैनिक : धनबहादुर चन्द (एमाले)/सहसंयोजक टुंगिन बाँकी

पत्रकार : महेश्वर दाहाल (माओवादी)/गणेश बस्नेत (एमाले)

मानवअधिकार : मीनबहादुर शाही (एमाले)/हुकुम पोखरेल (माओवादी)

अपांग योद्धा संघ : इन्द्रबहादुर गुरुङ (माओवादी)/रामप्रसाद ढंगाना (एमाले)

खेलकुद : पुरुषोत्तम पौडेल (एमाले)/ शिव कोइराला (माओवादी)

कानुन : रुद्र नेपाल (एमाले)/दीनमणि पोखरेल (माओवादी)

भूमिहीन सुकम्बासी : रामप्रीत पासवान (एमाले)/पदम देवकोटा (माओवादी)

उद्योगी/व्यवसायी : लक्ष्मीदास मानन्धर (एमाले)/श्याम पाठक (माओवादी)

इन्जिनियर : शम्भुबहादुर श्रेष्ठ (एमाले)/डा. हरिराम पराजुली (माओवादी)

प्रवासी : लोकनाथ भण्डारी (एमाले)/ईश्वरी भण्डारी (माओवादी)

आदिवासी जनजाति : सुरेश आलेमगर (माओवादी)/शेरबहादुर तामाङ (एमाले)

निर्माण व्यवसायी : यज्ञध्वज कार्की (एमाले)/शिव चौलागार्इं (माओवादी)

प्रतिक्रिया दिनुहोस्