सद्दे गाडी ग्यारेजमै थन्काएर विकास बजेटले धमाधम नयाँ किन्दै



काठमाडौं : अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ। बजेट रकमान्तर भएपछि संसद सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ।

संसद सचिवालयले बिहीबार सार्वजनिक सूचनामार्फत ३० दिने म्याद राखेर गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो भन्ने खबर नागरिक दैनिकमा छ।  पाँचवटा गाडी खरिद गरेको महिना दिन पनि बित्न नपाउँदै संसद सचिवालयले फेरि ११ गाडी खरिद गर्न बोलपत्र आह्वान गरेको हो।

संसद सचिवालयले सद्दे गाडी ग्यारेजमा थन्क्याई लगातार नयाँ गाडी खरिद गर्दै आएको छ। सचिवालयले दुई वर्ष यता २३ वटा गाडी किनिसकेको छ। 

 

प्रतिक्रिया दिनुहोस्