यात्रु भरिएको रेलमा अश्लील फिल्मको आवाज गुन्जिएपछि



एजेन्सी: लन्डनमा एउटा विचित्रको घटना भएको छ यात्रुहरु सवार रेल गुडिरहेको थियो । एकाएक रेलको ‘साउन्ड सिस्टममा’ अश्लील फिल्मको आवाज गुन्जियो ।

रेलमा सवार यात्रुहरु चकित भए । केही हास्न थाले । त्यत्तिकैमा एक यात्रु पल ब्रन्टनले एउटा सानो क्लिप बनाए । र ट्विटरमा सेयर गर्दै लेखे, ‘मेरो रेल चालक लापरवाहीपूर्वक अश्लील फिल्म हेरिरहेको छ, जबकि साउन्ड सिस्टम खुलै छ ।’ उक्त क्लिपमा थुप्रै यात्रुहरु हासेको पनि सुनिन्छ । 

‘साउथ वेस्टन रेलवे’ का एक कर्मचारीले माइक्रोफोन खुल्लै छाडेर अश्लील फिल्म हेर्दा त्यसको आवाज यात्रुसम्म प्रसारित भएको जनाइएको छ । त्यो क्लिप सामाजिक सन्जालमा भाइरल बनेको छ ।   

प्रतिक्रिया दिनुहोस्